इरान–अमेरिकाबीच बढेको विवादले सुनको मूल्य उकालो, अझै बढ्न सक्ने संकेत

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला दुई सयले बढेको छ । सुनचाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो।

गत शुक्रबार ७४ हजार आठ सय रुपियाँमा कारोबार कायम भएको सुनको मूल्य आज दुई सय रुपियाँले बढेर ७५ हजार रुपियाँ कायम भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन्। सुनचाँदी व्यावसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्यले भने डलर कमजोर भएकाले सुनको मूल्य बढेको तर्क गर्छन्। ‘डलर कमजोर हुदाँ सुनको माग बढ्छ, अहिले लगानीकर्ता सुनमा ओहिरिएकाले मूल्य बढेको हो,’ उनले भने।

यस्तै अमेरिका र चीनको बिचमा हुने भनेको व्यापार सम्झौताको समय लम्बिदा त्यसको असर पनि सुनमा देखिएको उनको तर्क छ। त्यस्तै अमेरिकाको केन्द्रिय बैंक फेडले व्याजदर घटाउने हल्लाले पनि सुनको मूल्य बढेको उनको बुझाइ छ। उनले अन्तर्राष्ट्रिय रुपमा ठोस परिवर्तन भएन भने मूल्य अझै बढ्न सक्ने बताए। यहि रुपमा अमेरिका– इरानको विवाद टुङ्गिएन भने अझै बढ्न सक्छ, उनले भने।

सुनको मूल्य बढ्दा कारोबार नभएको बताइरहेको सुनचाँदी व्यावसायीहरु मंसिरमा भने राम्रो कारोबार भएको बताइरहेका छन्। पछिल्लो सयमा सुनको मूल्यमा भएको वृद्धिले कारोबार पुन घट्ने व्यापारीहरुको भनाइ छ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement