अन्नपूर्ण बेस क्याम्पमा हराइरहेका ७ जना अझै सम्पर्कविहीन, टानद्वारा दुःख व्यक्त

Advertisement

काठमाडौँ । हिमपातका कारण कास्की देउराली नजिक पर्ने अन्नपूर्ण बेस क्याम्पमा पदयात्रामा गएका ४ जना कोरियाली र ३ जना नेपाली नागरिकहरु (१ पदप्रदर्शक र २ सहयोगी) तीन दिनदेखि सम्पर्कविहीन रहेका छन् । कोरियाली र नेपाली गरी ७ जना नागरिकहरु शुक्रबारदेखि सम्म सम्पर्कविहीन भएको प्रति ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आइतबार विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गरेको छ ।

सम्पर्कविहीन पदयात्रीहरुको यथासिघ्र खोजीकार्य गरी दिनुहुनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यलय, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरीलाई अनुरोध गर्दछौँ– टानद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

तीन दिनसम्म खोजी तथा उद्धार कार्यमा सक्रिय भएर सहयोग गर्दै आएकामा टान पश्मिाञ्चल संघ पोखराका कार्यसमिति, युनिट्राभका सदस्यहरु, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, सेञ्चुरी क्लब, स्थानीय बासिन्दाहरु, सम्पूर्ण ट्रेकिङ व्यवसायीहरु, खोज तथा उद्धार समितिका सदस्यहरुमा टानले धन्यवाद ज्ञापन गरेको छ ।

टान पोखराले सोहि हिमपहिरोमा परी घाइते भएका एकजना चाइनिज नागरिक झ्याङ ञिङ र एकजना पर्यटक सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरा ल्याई फेवासिटी अस्पतालमा उपचार गराएको जनाइएको छ । साथै पदयात्रामा गएका १३० जना पदयात्रीहरुलाई उद्धार गरी छुम्रुङ र पोखरामा ल्याईएकोमा पनि सम्बन्धित निकायलाई टानले धन्यवाद दिएको छ । ज्ञापन गर्दछौं ।

सम्पर्कविहीन भएका कोरियाली नागरिकहरुको नामावली:
१.  JEONG PIL BONG
२.  LEE MIN SU
३.  CHOI HYOWON
४.  KIM SOOKJA

सम्पर्कविहीन भएका नेपाली पर्यटक पदप्रदर्शक र सहयोगीहरुको नामावली:
१. सरोज परियार
२. छिरिङ भोटे
३. मिन बहादुर लामा

Advertisement

Advertisement

Advertisement