अर्जुन लामाको हत्या आरोपमा मुद्दा खेपिरहेका अग्नीलाई सभामुख बनाउन ओली-प्रचण्ड सहमत

Advertisement

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा खेपिरहेका नेकपाका नेता अग्नी सापकोटालाई सभामुख बनाउन सो पार्टीका नेताद्धय केपी ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । सभामुख बनाउने कुरामा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद बढिरहेको बेला आइतबार दुई नेताहरु सापकोटालाई सभामुख बनाउने निष्कर्षमा पुगेका हुन् ।

सोसम्वन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । लामाको विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरण गरेको केही दिनपछि शब फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा अग्नी सापकोटा संलग्न रहेको भन्दै २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्नी सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश पनि जारी गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाए पनि अहिलेसम्म उनलाई दोषी ठहर भने गरिएको छैन् । माओवादी पक्षले भने द्धन्द्धकालमा भएको उक्त हत्यामा मुद्दा नचल्ने दावी गर्दै आएको छ । लामाको परिवारले भने अर्जुन लामोको भिडन्तमा नभई अपहरण गरी हत्या गरिएकाले दोषीलाई कारवाही हुनुपर्ने तर्क गर्दै आएको छ । जिल्ला अदालतमा दर्ता भएको मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो। मुद्दा विचाराधिन रहेकै बेला सापकोटालाई सम्माननीय पदमा नियुक्तिका लागि दुई नेताहरु सहमतिमा पुगेका हुन् ।

 

Advertisement

Advertisement

Advertisement