विन्ध्यवासिनी हाइड्रोले २५ करोड बराबरको आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले २५ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति माग्न माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

प्राथमिक सेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २५ करोड रुपियाँ बराबरको २५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ ।

उक्त आईपीओको १० लाख कित्ता सेयरमा आयोजना प्रभावित स्थानीयले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको १५ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले ८.८ मेगावाट क्षमताको रुदी खोला ‘ए’को निर्माण कार्य सकिसकेको छ। त्यस्तै दोस्रो ६.६ मेगावाट क्षमताको रुदी खोला ‘बि’ जलविद्युत आयोजना (लमजुङ)को निर्माण कार्य न्तिम चरणमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement