मन्त्री पद खाली हुँदाहुँदै प्रदेश १ ले थप्यो चार जना राज्यमन्त्री

Advertisement

काठमाडौं । प्रदेश १ सरकारले चार जना मन्त्री थपेको छ । थपिने मन्त्रीहरुमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् ।

नयाँ मन्त्रीहरुमध्ये गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्री पद नदिएर राज्यमन्त्री मात्रै नियुक्त गरेका हुन् ।

शनिबार सत्तारुढ दल नेकपाको प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न सरकारलाई निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री मात्रै नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार सपथ लिए ।

Advertisement

Advertisement

Advertisement