पर्यटन बोर्डको सीईओका लागि तीन जनाको नाम शिफारिस, सोमबार नियुक्त हुँदै

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समिति धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको स्रोतले जनाएको छ ।

बोर्डको बैठक आइतबार नै बसेर नयाँ सीइओ नियुक्ती गर्ने तयारी थियो । तर, बोर्डका केही सदस्यको समय नमिलेका कारण भोलिका लागि बैठक बोलाइएको छ । आगामी चार वर्षे कार्यकालका लागि निवर्तमान सीईओ दीपकराज जोशीसमेत प्रतिस्पर्धामा भएपनि अन्तिम तीनमा अटाएनन् ।

१७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट गरी शुक्रबार र शनिबार अन्तरवार्ता लिइएको थियो ।

Advertisement

Advertisement

Advertisement