कार्यसम्पादनमाथि प्रश्न उठेपछि वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए राजीनामा

Advertisement

काठमाडौँ । नेपाल वायुसेवा निगमका विवादास्पद अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । निगम सुधार गर्नुको सट्टा थप धरासायी बनाएको भन्दै चर्को आलोचना खेप्दै आएका उनलाई पर्यटनतथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक पटक राजीनामा गर्न दबाब दिएका थिए ।

तर प्रधानमन्त्रीको गृहजिल्लाका व्यक्ति र प्रधानमन्त्रीसँग नातासम्वन्धसमेत रहेकाले उनले राजीनामा दिन अटेर गर्दै आएका थिए । आइतबार भने खरेलले मन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाएका छन् । उनी अब केही महिना छोरी भएको ठाउँ अष्ट्रेलिया गएर बस्ने तयारीमा रहेको निगम स्रोतले जानकारी दिएको छ ।

आफूले मन्त्रालय सम्हालेयता खरेलले कुनै पनि नयाँ योजना नबनाएको र कार्यसम्पादन राम्रोसँग गर्न नसकेको भट्टराईले बताउने गरेका थिए । खरेल २०७५ भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

Advertisement

Advertisement

Advertisement