सिटिजन्स बैंकले ६ महिनामा कमायो ६८ करोड नाफा, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ६ महिनामा ६८ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पुस मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार ६८ करोड ७७ लाख नाफा आर्जन गर्न सफल भएको हो । बैंकले २०७५ पुस मसान्त अवधीमा ७७ करोड नाफा आर्जन गरेको थियो ।

बैंकले यो अवधीमा वितरण योग्य नाफा नै ६२ करोड १० लाख रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । यद्यपी सो आँकडामा ११ करोड रुपैयाँ भने रेगुलेटरी एडजस्टमेन्टबाट प्राप्त भएको छ ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा ७५ अर्ब निक्षेप संकलन गरेर ६९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो ७७.५८ प्रतिशत रहेको छ । बैंकले एक अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

८ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ३.४५ प्रतिशत छ भने आधार ब्याज दर १०.७९ प्रतिशत छ । सिटिजन्सको प्रति सेयर आम्दानी १५.९५ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४१.१३ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement