विराटनगर सीमामा निर्माण सम्पन्न एकीकृत जाँच चौकी आज नेपाललाई हस्तान्तरण

Advertisement

विराटनगर । नेपाल र भारतको सीमा क्षेत्र विराटनगर–१८, बुधनगरमा निर्माण सम्पन्न एकीकृत जाँचचौकी ९आईसीपी० मङ्गलबार हस्तान्तरण हुने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत आईसीपीको उद्घाटनपछि भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो । नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्ण मिश्राका अनुसार प्रधानमन्त्रीले सिंहदरबारबाट भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा आईसीपीको स्वामित्व ग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

आईसीपी हस्तान्तरणको सबै प्रक्रिया पूरा भइसकेकाले त्यसको कार्यक्रम तयारी व्यवस्थापन भइसकेको छ, डेपुटी निर्देशक मिश्राले भने, दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्नुहुनेछ ।

यसैगरी विराटनगर–१८, बुधनगर क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, भन्सारका प्रतिनिधि र भारतीय दूतावासका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम राखिएको छ । नेपाल इन्टरमोडलले आईसीपीको स्वामित्व ग्रहण गरेपछि त्यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाउने छ ।

निर्माण कम्पनीले परामर्शदाता कम्पनी राइटलाई हस्तान्तरण गरिसकेको छ । भारतीय कम्पनी दिनेशचन्द्र एन्ड आर। अग्रवाल इन्फ्राकन अहमवाद परियोजनाले आईसीपीको निर्माण गरेको हो ।

सन् २०१७ मार्चदेखि सुरु भएको काम दुई वर्ष अवधिमा सक्नुपर्ने भए पनि वर्षात् र बाढीको कारण देखाउँदै ढिलो भएको थियो । सन् २०१९ को फेब्रुअरीमा हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि त्यसको दस महिनापछि मात्र आईसीपीको काम सम्पन्न भएर हस्तान्तरण गर्न लागिएको हो ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement