महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौतामा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालिबीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका थिए ।

बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ ।

Advertisement

Advertisement

Advertisement