सेयर बजार ह्वात्तै ओरालो, सबै सूचक राताम्मे

Advertisement

काठमाडौं । साताको दाुस्रो दिन आज सोमबार सेयर बजार ह्वात्तै ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से २६ दशमलव ५४ अंकले घटेर एक हजार ३१७ दशमलव ११ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब ९७ करोड ३८ लाख ७ हजार ९९३ रुपियाँको भयो ।

आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार २० करोड ९२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनसीसी बैंक रहेको छ । जसको कारोबार १३ करोड ३२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज व्यापारमूलक समूहमा छ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने हाइड्रोपावर, फाइनान्स र होटल समूहको सूचकमा तीन प्रतिशतभनदा धेरैले आराले लागेका छन् भने अधिकांश समूहको सूचकमा एकदेखि दुई प्रतिशतसम्मको गिरावटले बजार नै राताम्मे भएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा मल्टिप्रपोज फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलब ७७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा सामूदायिक लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ६४ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement