बीबीएल क्रिकेटमा सन्दीपले एकै ओभरमा लिए दुई विकेट

Advertisement

एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटअन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिड्नीविरुद्ध एकै ओभरमा २ विकेट लिएका छन् । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । सिड्नीविरुद्ध सन्दीपको टिम मेलबर्नले बलिङ गरिरहेको छ ।

सन्दीपले आफ्नो पहिलो ओभरको चौंथो र अन्तिम बलमा विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा मात्र ३ रन खर्चिए २ विकेट लिए । यससंगै सन्दीपले यस सिजन ११ खेलमा १४ विकेट हात पार्न सफल भएका छन् ।

Advertisement

Advertisement

Advertisement