भृकुटीमण्डपमा माघ १७ गतेदेखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने

Advertisement

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र नेपाल इन्टरनेश्नल फर्निचर एण्ड होम डेकोरले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपाल उड इन्टरनेश्नल एक्स्पो’ यही माघ १७, १८ र १९ गते आयोजना हुने भएको हो ।

उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा संसारका विभिन्न देश का २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरुले काठ ब्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र माआउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ५ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ ।

मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने छन्।

यस छैटौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षीत वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण माटेवा पुर्याउने विश्वास राखिएको छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

Advertisement

Advertisement

Advertisement