अर्थमन्त्रीसँग बैंकर्सको गुनासोः हाम्रो नाफा ह्वात्तै घट्यो, डेपुटीले भनेः चिन्ता नगर्नुस्

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका पदाधिकारीले अर्थमन्त्रीसँग नाफा घटेको भन्दै गुनासो गरेका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्रीले डाकेको छलफलमा भाग लिन मन्त्रालय पुगेका बैंकर्सले नाफा घटेको गुनासो गरेका हुन् ।

स्प्रेड दरको नयाँ गणना बिधी र काउन्टर साइक्लिकल बफरका कारण बैंकहरुको नाफा घटेको भन्दै उनीहरुले अर्थमन्त्रीलाई केहि गरिदिन आग्रह गरेका थिए । बैंकर्सले अर्थमन्त्री गुहार्दा छेउमा बसेका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने चिन्ता नगर्नुस भनेको एक बैंकरले बताए ।

‘हामीले स्प्रेड दरको गणना बिधीका कारण नाफा ह्वात्तै घटेको गुनासो अर्थमन्त्रीज्यूसँग गर्यौं, छेउमै रहनु भएका डेपुटी गभर्नरले ‘चिन्ता नगर्नुस’ भन्नु भयो’, एक बैंकरले भने ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने अर्थमन्त्रीसँग बसेर अर्थतन्त्रको वर्तमान अवस्था र वित्तिय क्षेत्रका बारेमा छलफल गरिएको बताए ।

‘हामीले वित्तिय क्षेत्रमा उत्पन्न पछिल्लो परिस्थितिबारे अर्थमन्त्रीसँग कुरा राख्यौं, पछिल्लो समय ऋण प्रवाहमा न्युनता आईरहेको विषय फुकाईदिन अनुरोध गरियो’, दाहालले भने ।
बैंकहरुको नाफा घटेको गुनासो बैंकर्सले गरेपनि अर्थमन्त्रीले भने त्यसको कुनै जवाफ दिएनन् । बैंकर्सहरुले विगतका वर्षहरुमा २४।२५ प्रतिशतले बढेको नाफा यसपाली १५ प्रतिशतमा झरेको र स्प्रेडदर गणना विधिमा पुनरावलोकन नगरि १० प्रतिशतमै सिमित हुने
स्प्रेड दरको नयाँ गणना बिधीले त्यस्तो नाफाको वृद्धि दर १० प्रतिशतमा सिमित हुने भन्दै बैंकर्सले अर्थमन्त्रीलाई गुनासो गरेका थिए ।

ऋण प्रवाह सम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो सर्कुलरले समेत कर्जा लगानीमा समस्या ल्याएको धारणाा पनि राखेका थिए । व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा मासिक आम्दानीको ५० प्रतिशतले मात्रै किस्ता हुनुपर्ने र त्यसमा पनि कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधानका कारण पुँजी पलायनको अवस्था आउन सक्ने भन्दै उनीहरुले अर्थमन्त्रीलाई मनाउने प्रयास गरेका थिए ।

Advertisement

Advertisement

Advertisement