कान्छा सिइओको कमालः एनआइसीको नाफा ३३ प्रतिशतले बढेर २०१ करोड

Advertisement

काठमाडौं । एक नम्बरको रेसमा रहेका एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब एक करोड नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले २०७५ पुस मसान्तमा आर्जन गरेको भन्दा ५० करोड अर्थात ३३.११ प्रतिशतले बढी हो ।

बैंकले गत आवको पुस मसान्त अवधीमा एक अर्ब ५१ करोेड माात्रै नाफा आर्जन गरेको थियो ।
बैंकको वितरण योग्य मुनाफा एक अर्ब ७ करोड रुपैयाँ छ ।

बैंकले यो अवधीमा एक खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७८.१८ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ गरेको देखिन्छ ।

९ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बैंकको कष्ट अफ फण्ड ६.९३ प्रतिशत छ भने आधार ब्याजदर ९.६२ प्रतिशत छ । स्प्रेड दर ५.०२ प्रतिशत रहेको बैंकको खराब कर्जा ०.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ४१.६१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६४.८७ रुपैयाँ रहेको छ ।

बाणिज्य बैंकहरुकै कान्छा सिइओ रोशन न्यौपानेले नेतृत्व गरिरहेको एनआइसी एसिया बैंकले पछिल्लो समय एग्रेशिम बजार विस्तार गरिरहेको छ । शाखा विस्तारसँगै निक्षेप संकलन र कर्जा लगानीमा पनि बैंक आक्रामक रुपमा अघि बढिरहेको छ । केहि वर्षभित्रै सबै वित्तिय परिसूचकमा एक नम्बरको बैंक बन्ने लक्ष्य निर्धारण गरिएको सिइओ न्यौपानेले बताउने गरेका छन् ।

एनआइसी एसिया बैंकको शाखा सञ्जाल ३१३ वटा पुगेके छ भने एटिएम संख्या ४२६ वटा पुगिसकेको छ । ४५ वटा शाखारहित बैंकिग सेवा दिईरहेको बैंकको एक्सटेन्सन कार्यालय नै १०३ वटा पुगिसकेको छ । बैंकले २१ लाख भन्दा बढी नागरिकलाई सेवा दिईरहेको बताईरहेको छ ।

Advertisement

Advertisement

Advertisement