महिन्द्राले भित्रायो ब्याक्हो (भीएक्स–९०) लोडर, पाँच जना नयाँ ग्राहकलाई चावी हस्तान्तरण

Advertisement

काठमाडौं । दुगड ब्रदर्स एण्ड सन्स प्रालीले निर्माण सामग्रीहरुको प्रदर्शनी नेपाल ब्युल्डटेक २०२० मा महिन्द्राको ब्याक्हो लोडर (भीएक्स–९०) लन्च गरेको छ । महिन्द्राको मोटर ग्रेडर (जी–९०), ब्लाजो–२५ टिपर पनि प्रदर्शन गरेको दुगड ब्रदर्सले प्रदर्शनीमा ब्याक्हो लोडर (भीएक्स–९०)को लन्च गर्दै नेपालमा बिक्री शुभारम्भ गरेको हो ।

मेलाको तेस्रो दिन आयोजित बिक्री शुभारम्भ कार्यक्रममा एमभी दुगड़ ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामग्रीका हेड अफ अपरेसन तारा थापाले संयुक्त ब्याक्हो लोडर (भीएक्स–९०) सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पाँच जनालाई उक्त लोडरको चावी हस्तान्तरण गरिएको थियो । ब्याक्हो लोडर (भीएक्स–९०) ९१ हर्सपावर क्षमता, एसी क्याविन, बढि टिकाउ र छिटो इन्जिन, आकर्षक डिजाइन जस्ता विशेषता रहेका छन् । एमभी दुगड ग्रुपअन्तर्गतको यस कम्पनीले भारतको महिन्द्रा एण्ड महिन्द्राबाट उत्पादित निर्माण उपकरणहरु बिक्री गर्दै आएको छ ।
नेपालको बाटो र माटोलाई सुहाउदो यी महिन्द्राका लोडर, ग्रेडरलगायतका निर्माण उपकरणहरु कम लागतमा उच्चतम् प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि, उच्चतम् माईलेज तथा बेजोड कार्यक्षमता जस्ता विशेषताहरु रहेको दुगड ब्रदर्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement