बैंकहरुले धेरै नाफा कमाएका छैनन्, आलोचना नगर्नु: अर्थमन्त्री

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले कमाएको नाफा धेरै नभएको बताएका छन् । कृषि विकास बैंकको ५३ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

बैंकहरुले धेरै नाफा कमाए भनेर हुने गरेको आलोचनातर्प संकेत गर्दै खतिवडाले भने–‘बैंकहरुको नाफाबारे धेरै आलोचना नगर्नू, किनकी १५ अर्ब पूँजी हुने बैंकले २–३ अर्ब नाफा कमाउनु धेरै होइन ।’

‘सरकारी बैंकलाई सरकारले राम्रो गर्छ किनकी त्यसको नाफा सरकारले नै लिने हो’– फरक प्रशंगमा अर्थमन्त्री खतिवडाले भने ।

उक्त वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले देशको वर्तमान अर्थतन्त्र ठीक ठाउँमा रहेको बताए । विश्व बैंक, एशियाल विकास बैंक र आईएमएफको रिपोर्टले समेत राम्रो छ भन्ने देखाएको उनले स्पष्ट पारे । उनले नेपालको वित्तीय क्षेत्र दक्षिण एशिसामा नै राम्रो रहेको दाबी समेत गरे ।

तलको समाचार पनि पढ्नु होला:

‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीति लिएको कृषि विकास बैंक ५३औं बर्षमा, अब नयाँ योजनाका साथ













 

Advertisement

Advertisement

Advertisement