सुनको मूल्य बढ्ने क्रम जारी, आज तोलामा तीन सयले उकालो

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत सोमबार ७५ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज प्रतितोला तीन सय रुपियाँले बढेर ७५ हजार तीन सय रुपियाँ कायम भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन्।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ५६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ३०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपियाँ ५० कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement