ह्यून्डाई कोना ईलेक्ट्रिकले कायम गर्यो गिनिज वल्र्ड रेकर्डस्

Advertisement

काठमाडौँ । ईलेक्ट्रिक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो ।

ह्यून्डाई कोना ईलेक्ट्रीकले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु ह्यून्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धी हो । कोना ईलेक्ट्रिकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । वास्तवमा भन्ने हो भने कोनाले ह्यून्डाईको सधंै अघि बढ्ने भावनालाई दर्शाउँछ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्पmर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।

गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर, ऋषी नाथले भने–‘सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।’

यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयूभी सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्पmर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रिक गाडी हो ।

यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्पmर्मेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो ।

यस सफलताले कोना ईभीको पावरफुल पर्पmर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्पmर्मेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement