यामाहा स्यालुटो खरिदमा ३२ इन्चको भिडियोकन टीभी उपहार

Advertisement

काठमाडौं । नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विवाहको मौसमलाई लक्षित गरी यामाहा सलुटोका ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी२.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडी टीभी पाउने छन् । कम्पनीले यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागल गरेको जनाएको छ ।

यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले भने, ‘हामी यो विवाहकको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छौं । त्यसैले सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने योजना ल्याएका छौं । हामीलाई विश्वास छ यो योजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरु पनि खुशी हुनुहुनेछ । जीवनको नयाँ अध्याय सुरुवात गर्ने सबैमा सुखद दाम्पत्य जीवनको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं ।’

Advertisement

Advertisement

Advertisement