‘भूकम्प सुरक्षा प्रदर्शनी – २०७६’ मा जगदम्बा सिमेन्टको सहकार्य

Advertisement

काठमाडौं । विश्वका भूकम्पीय जोखिमयुक्त देशहरूमध्ये नेपाल पनि एक हो । नेपालमा विभिन्न कालखण्डमा शक्तिशाली भूकम्पहरू गइरहेको कुरा तथ्यांकले देखाएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि आमजनताहरूमा भूकम्पप्रतिको सजगता अझै बढ्दै गइरहेको छ ।

यसै सिलसिलामा नेपाल सरकार तथा एनसेट नेपाल (नेशनल सोसाइटी फोर अर्थक्वेक टेक्नोलोजी–नेपाल)द्वारा २०७६ साल माघ २ गतेदेखि ४ गतेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘भूकम्प सुरक्षा प्रदर्शनी’ कार्यक्रममा जगदम्बा सिमेन्टले प्रत्यक्ष रूपमा सहकार्य गरेको थियो । ‘भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने मूलमर्मका साथ यस प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथसाथै कसरी सुरक्षित निर्माण बनाउने भन्नेबारे जानकारी समेत प्रदान गरेको थियो ।

कुनै पनि संरचनाको निर्माण गर्दा विशेष गरी ३ कुराहरूलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । उपयुक्त डिजाइन, गुणस्तरीय निमार्ण सामग्रीको छनोट र निर्माण कार्यमा कुशलता । ‘भूकम्प प्रतिरोधात्मक बनाउनुहोस् आफ्नो नयाँ घर’ पुस्तीका ‘जगदम्बा सिमेन्ट प्रयोग विधि’ जस्ता पुस्तीकाहरू वितरण गरी आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छडलगायत निर्माणमा प्रयोग हुने वस्तुहरूको छनोट, भण्डारणसम्बन्धी जानकारी दिइएको कमपनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement