भारतीय प्रधानमन्त्री मोदी फेरी नेपाल आउने, अहिले आउँदा पाँचौँ पटक हुने

Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणमा आउने भएका छन । विराटनगरस्थित मंगलबार एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपीशर्मा ओलीलाई मोदीले आफू भ्रमण वर्ष २०२० मा नेपाल आउने बताएका हुन् ।

भारतीय प्रैधानमन्त्री मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताए । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने बताए ।

गोरखा भूकम्पमा नेपालीले भोग्नुपरेको दर्द र त्रासदीमा पहिलो उद्धारकका रुपमा भारतले सघाएको उल्लेख गर्दै उनले हाल निर्माणाधीन भवनहरु बलियो हुने अपेक्षा व्यक्त गरे । प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाउँदै भने,‘यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।’

Advertisement

Advertisement

Advertisement