हिमालयन बैंक र मलेसियन कम्पनीबीच विप्रेषण रकम भुक्तानी सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनी एसडीएनबीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत मो. अबिद हमिदले मलेसियाको क्वालालम्पुरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै, दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । हिमालयन बैंक लिमिटेड र म्याक्समनिले आउँदा दिनहरुमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement