सुनको मूल्य ओरालो, तोलामा पाँच सयले घट्यो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत मंगलबार ७५ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले घटेर प्रतितोला ७४ हजार आठ सय रुपियाँ कायम भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ८७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement