नुवाकोटको त्रीवेणी धाममा माघ १६ देखि श्रीमद भाग्वत सप्ताह महायज्ञ  हुने

Advertisement

काठमाडौं । बसन्त पञ्चमीका अवसरमा नुवाको जिल्लाको त्रीवेणी धाममा श्रीमद भाग्वत सप्ताह महायज्ञ तथा बौद्ध धर्मगुरुको प्रवचन आयोजना हुने भएको छ । श्री त्रिवेणीधाममाघ सुधार तथा संरक्षण संस्था, महायज्ञ सम्पादन मूल समितिको आयोजनामा माघ १६ गतेदेखि २४ गतेसम्म सप्ताह चल्ने बुधबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।

संस्थाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रचारप्रसार र पूवाधार विकास गर्न उक्त यज्ञको आयोजना गर्न लागेको जनाएको छ । आयोजना हुनगइरहेको उक्त महायज्ञमा इश्वरकृष्ण महाराजको प्रवचन तथा बौद्ध धर्मको विषयमा प्रवचन बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीले दिनेछन् ।

लिखु सत्यावती(स्यालपिङ) र कन्यावती(खहरे) खालाको संगम स्थल शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पर्ने त्रिवेणी धाममा आयोजना हुने भएको छ ।

धार्मिक तथा पौराणिक महत्व रहेको यस धाममा धार्मिक पर्यटनलारुई प्रवद्धन गर्नका लागि प्रचारप्रसार गर्ने, धर्मशालाको निर्माण गर्ने, विभिन्न देबी देपताको मन्दिर निर्माण गर्ने र ध्यान केन्द्रको निर्माण गर्ने तथा बौद्धमार्गीहरुका लागि गुम्बा निर्माण गर्ने कार्य भइरहेको त्रीवेणी धामका उपाध्यक्ष रामकृष्ण पाठकले बताए । उनले भौगोलिक तथा धार्मिक दृष्टिलेकोणले महत्वपूर्ण मानिएको यस धामको थप विकाससहित प्रचार प्रसार गर्न लागिएको बताए ।

उपाध्यक्ष पाठकले र यस ठाउँको विकास भएमा राज्यले राखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न यस पर्यटकीय स्थलको महत्वपूर्ण योग्दान रहन सक्ने उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement