सेयर बजारमा ७.०५ अंकको गिरावट, कारोबार रकममा भने सामान्य वृद्धि

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव ०५ अंकले घटेर एक हजार ३१३ दशमलव ४२ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब ५८ करोड १घ लाख ८१ हजार ३६४ रुपियाँको भयो ।

आज धेरै कारोबार गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । जसको कारोबार ६१ करोड १२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । जसको कारोबार नौ करोड नौ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज जीवन बीमा समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने हाइड्रोपावर, ट्रेडिङ र होटल समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार राताम्मे भएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलब ४७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा पाँचथर पावरका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव ६९ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement