स्मार्ट फोन ब्राण्ड रियलमीले नेपाली बजारमा ल्यायोे ‘रियलमीफाईभ आई’

Advertisement

काठमाडौँ । स्मार्ट फोन ब्राण्ड रियलमीले रियलमीफाइभ सिरिज अन्तरगतको नयाँ क्वाड् क्यामेरा फोन रियलमीफाइभ आई नेपाली बजारमा भित्र्याएको छ ।

५०००एमएच ब्याट्रीको साथमा रियलमीफाईभ आईले थप राम्रो क्यामेरा र डिजाइनको साथममा उक्त मोबाइल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

रियलमीफाइभ आईमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६.१ले रियल प्राइभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सम्पल्र युआई जस्ता थुप्रै फिचरहरु प्रदान गर्दछ । कलरओएस् ६.१ को साथमा रियलमीफाइभ आईले डार्क मोड एक्टिभेट गर्न सक्छ, जसले गर्दा अध्यारो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने गर्दछ ।

कम्पनीका अनुसार रियलमीफाइभ आईका विभिन्न भेरियन्टहरुको मूल्य ४ प्लस ४६ जीबीलाई २० हजार ९९० रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement