राप्रपा छोडेर काँग्रेस छिर्न लागेका सुनिल थापाले देउवासँग ‘महामन्त्री’ मागे

Advertisement

काठमाडौं । पञ्चायतकालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री खाएर रेकर्ड बनाएका स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल अब राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) छोडेर काँग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपा संयुक्तको महामन्त्रीसमेत रहेको र राप्रपाबाट प्रतिनिधित्व गर्दै मन्त्रीसमेत खाइसकेका सुनिलको काँग्रेस प्रवेश अर्थपूर्ण देखिन्छ ।

उनले आफू मात्रै नभएर एक दर्जन पूर्वपञ्चहरुलाई पनि काँग्रेस छिराउने तयारी गरेको स्रोतको भनाई छ । काँग्रेस प्रवेशका लागि सुनिलले पटक पटक सो पार्टीका सभापति शेरबहादुर देउवालाई समेत भेट्न पुगेका छन् । सूर्यबहादुर थापालाई भारतीय सत्ताले सबैभन्दा विश्वास गरेको व्यक्तिको रुपमा चिनिन्थ्यो । सोही लिगेसी र राप्रपामा लागेर अघि बढ्न अबका दिनमा कठिन देखिएसँगै सुनिलले पार्टी फेर्न लागेको हुनसक्ने राप्रपाजनको भनाई छ ।

काँग्रेस प्रवेश गर्न खाजेका सुनिलले राप्रपामा जस्तै महामन्त्री खोजेको स्रोतको भनाई छ । देउवा महामन्त्री दिन सकारात्मक भए पनि रामचन्द्र पौडेल पक्ष भने आपत्ति जनाउँदै आएको छ । पार्टीमा कुनै योगदान नभएको मान्छेलाई टपक्क टिपेर एकैचोटी महामन्त्री दिँदा अरु नेता कार्यकर्तामा निराशा छाउने भन्दै नेता पौडेलले केन्द्रीय सदस्यसम्म बनाइदिन सकिने सुझाव दिएका छन् ।

राप्रपा संयुक्तका अरु नेता कार्यकर्ताहरु राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा उभिएपछि सुनिलले पार्टी छोड्न लागेको हुनसक्ने कतिपयको अडकल छ । सुनिल गणतन्त्रको पक्षमा पछिल्लो समयमा खुलेर लाग्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement