किसानको पैसा नदिने अन्नपूर्ण र लुम्बिनी चिनी मिलको खाता रोक्का

Advertisement

काठमाडौं । किसानको उखुको पैसा दिन अटेर गर्ने दुई चिनी मिलको खाता रोक्का भएको छ । राष्ट्र बैंकको निर्देशनमा तीन दुई उद्योगको बैंक खाता रोक्का गरिएको हो ।

सरकारले माघ ७ गतेभित्र किसानको बक्यौता भुक्तान गर्न निर्देशन दिएको थियो । उक्त समयमा पनि पैसा नदिएपछि राष्ट्र बैंकमार्फत उद्योग मन्त्रालयले कारवाही सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्दासम्म ती दुवै मिलको आर्थिक कारोबार रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । सोही पत्रकार आधारमा राष्ट्र बैंकले सम्वन्धित बैंकहरुमा रहेको उद्योगको खाता रोक्का गरेको हो ।

साथै, उद्योग मन्त्रालयले राजश्व अनुसन्धान विभागलाई पनि पत्र लेख्दै दुवै उद्योगमाथि राजस्वसम्बन्धी अनुसन्धान गर्न निर्देशन दिएको छ । गत महिना उखु किसानहरु काठमाडौं आएर आन्दोलन चर्काएसँगै चौतर्फी दबाबपछि सरकारले माघ ७ भित्र सबै बक्यौता भुक्तानी गर्ने प्रतिवद्धता जनाएको थियो ।

Advertisement

Advertisement

Advertisement