गैरआवासीय नेपालीलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट, बिना औषधि र शल्यक्रिया उपचार

Advertisement

काठमाडौं । बसुन्धरास्थित काठमाडौं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने भएको छ । बुधबार सोसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा संघका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार अस्पतालले गैरआवासीय नेपालीलाई १० देखि २५ प्रतिशतसम्म छुट दिनेछ । अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालकी कार्यकारी निर्देशक शारदा गैरेले जानकारी दिइन् ।

सम्झौताबाट विश्वभर छरिएका हजारौं गैरआवासीय नेपाली र उनका परिवार लाभान्वित हुने अस्पतालको भनाई छ । आधुनिक सेवा–सुविधासहित स्थापित काठमाडौँ नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधि उपचार गरिने प्राकृतिक अस्पताल हो ।

यस अस्पतालमा औषधिबिहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।

Advertisement

Advertisement

Advertisement