सुनको मूल्य फेरी बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार ७४ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर प्रतितोला ७५ हजार रुपियाँ कायम भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ३४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement