दक्षिण एशियाको विकास  द्रुतगतिमाः अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशिया विकासको गतिमा दु्रतरुपले अघि बढेको बताएका छन् । आज राजधानीमा आयोजित ‘साउथ एशिया इकोनोमिक स्टुडेन्ट मिट २०२०’ लाई सम्बोधन गर्दै उनले विश्वव्यापी विकासको गतिलाई हेर्दा दक्षिण एसिया दु्रतगतिमा अघि बढिरहेको भन्दै त्यसलाई अझ बढाउनु पर्ने बताएका हुन् ।

त्यस्तै उनले दक्षिण एसियाली मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताए । सम्भावना भएर पनि केही वर्ष रुमलिएको भन्दै अब विकासको गतिलाई अझ बढाउनुपर्ने उनको तर्क छ । त्यसका लागि मानव जनशक्ति, यातायात सञ्जाल र अन्य पूर्वाधार विकास गर्नु पर्नेमा जोड दिए । कृषि, पर्यटन र ऊर्जाले मुलुकको विकासका ठूलो योगदान दिने र दक्षिण एसियाली मुलुकमा यसको प्रचुर सम्भावना रहेकाले त्यसको उपयोग बढाउँदै जानुपर्ने उनको भनाई छ ।

उनले गरिबी निवारणमा दक्षिण एसियाली मुलुकले ठूलो सफलता हात परेको र अहिले पनि धेरै कामहरु भइरहेको जानकारी दिए ।
दक्षिण एसियाली मुलुकहरुले व्यापार, लगानी र अन्य आर्थिक क्रियाकलापलाई थप विस्तार गर्दै गइरहेका छन् । बस्तु र सेवाको उत्पादन बढाउन पनि उनको सझुाव छ । विश्व अर्थतन्त्रमा आउने समस्याहरुलाई हल गर्दै अघि बढ्न आवश्यक रहेको मन्त्री खतिवडाले बताए ।

Advertisement

Advertisement

Advertisement