नेपालगञ्जमा ‘वृहत विज्ञान मेला’ गरिने, ३१ जिल्लाका विद्यार्थीको प्रतिभा प्रदर्शन गरिने

Advertisement

काठमाडौं । विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्न र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्न भन्दै आउँदो फागुन ८ गतेदेखि १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ आयोजना गरिने जनाइएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरु क्रमशः ए वन एजुकेशन एक्सप्रेस, नेपालगञ्ज, ध्रवतारा एजेकेशन, नेपालगञ्ज र ग्रेस ईन्टरनेश्नल, नेपालगञ्जले प्रदर्शनी एवं महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महोत्सवको उद्घाटन शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने आयोजकको भनाई छ । ‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ नाराका साथ गर्न लागिएको यस कार्यक्रममा देशव्यापीरुपमा विज्ञान तथा प्रविधिमा रुची राख्नेहरुको सहभागिता हुने आयोजक कमिटीका अध्यक्ष आतंक बस्नेतले बताए ।

उनकाअनुसार बृहद प्रदर्शनी तथा महोत्सव भने नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा हुनेछ । आतंकले भने, ‘महोत्सवमा विज्ञान र प्रविधिसँग सम्बन्धित तीन सय स्टलहरु राखिने छन् ।’

ती स्टलहरुमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई रोबोटिक्स एण्ड इन्टेलिजेन्ट मेशिन्स, फिजिक्स एण्ड एष्ट्रोनोमी, एग्रिकल्चरल टेक्नोलोजी, ईन्जिनियरिङ मेकानिक्स, केमेष्ट्री, बायोलोजी, इनोभेशन एण्ड एक्जिस्टिङ टेक्नोलोजी, इन्फोरमेशन एण्ड कम्प्युटर साईन्स, इनभाईरोमेन्टल इन्जिनियरिङ एण्ड रिनेवल इनर्जी र म्याथमेटिक्सको थिम दिएको पनि आतंकले बताए ।

उनले प्रर्दशनी तथा महोत्सव तीन करोड नेपालीहरुको अभियान हो भन्दै ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशै भरिबाट युवा वैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसँग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत गरिने बताए ।

Advertisement

Advertisement

Advertisement