मिलन गुरुङलाई मुक्का हान्ने साँसद दीपक मनाङ्गे पक्राउ

Advertisement

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हान्ने प्रदेश साँसद एवं नेकपाका नेता राजिव गुरुङ (दीपक मनाङ्गे) पक्राउ गरेका छन् । मिलनले आफूलाई हातपात र दुरव्यवहार गरेको भन्दै उजुरी दिएपछि मनाङ्गे पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । मनाङ्गेलाई जिप्रका कास्कीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । जिप्रका कास्कीका प्रवक्ता राजकुमार केसीका अनुसार अनुसन्धानबाट दोषी भेटिए थप कारवाही अघि बढाइने छ ।

मुख्यमन्त्री कप फुटबल उद्घाटन कार्यक्रममा भनाभन हुँदा मनाङ्गेले मिलनलाई मुक्का हानेका थिए ।

Advertisement

Advertisement

Advertisement