मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपाल तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशकसन्तोष भेटवालले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement