देवः विकास बैंकद्वारा २ नयाँ शाखा बिस्तार

Advertisement

काठमाडौँ । देवः विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालय मंगलबार एक कार्यक्रम बीच बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङबाट औपचारिक उद्घाटन भएको छ । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष गुरुङ्गज्यूले गुणस्तरीय सेवा विस्तारमा जोड दिनु हुँदै बैंकलाई कुमारी बैंक लि.सँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए ।

कार्यक्रममा देवः विकास बैंक लि.का संचालक बिजयराज शर्मा भुषाल, खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देविलाल शर्मा, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रेग्मीको समेत उपस्थिति थियो ।

यसैगरी घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको बुधबार बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गको सभापतित्वमा आयोजित समारोहमा घोराही उप महानगरपालिका नगर प्रमूख नरुलाल चौधरीले उद्घाटन गरेका छन् ।

कार्यक्रममा देवः विकास बैंक लि.का संचालक विजयराज शर्मा भुषाल घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नागरिक समाज, दाङ्गका अध्यक्ष चन्द्रराज पन्त, दाङ्ग महिला जेसिस २०२० का अध्यक्ष जीवा भुषालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य दिंदै बैंकका प्रमूख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवम् स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement