महिन्द्रा एक्सयूभी ३००ले पायो फाइभ स्टार सुरक्षा रेटिङ

Advertisement

काठमाडौँ । २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ । यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको छ ।

एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ। फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो । छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम छ ।

यो उपलब्धीका बारेमा प्रतिक्रिया व्यक्त गर्दै महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले भने–“यो महिन्द्राका लागि गर्वका क्षण हो, फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहोर्याउँछ ।

महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरुसहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ ।

आज एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको हो ।

ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरी रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।

Advertisement

Advertisement

Advertisement