सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ सेवा मोरङको हरैचामा

Advertisement

काठमाडौँ । सनराइज बैंक लिमिटेडले मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ सेवा सुन्दरहरैचा नगरपालिका- १ का अध्यक्ष विनोदबहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ सेवाका प्रतिनिधि ममताकुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे उद्घाटन गरेका हुन् ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिन्छ ।

हालसम्म सन्राइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement