राष्ट्रियसभामा बामदेव चिप्लिँदा नारायणकाजी निर्वाचित, मन्त्री बन्ने चर्चा

Advertisement

काठमाडौं । नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा गोरखामा डा. बाबुराम भट्टराईसँग चुनाव हारेका श्रेष्ठलाई नेकपाले राष्ट्रियसभा सदस्यमा निर्वाचित गराएको हो ।

अर्का सचिवलाय सदस्य बामदेव गौतमले प्रधानमन्त्री बन्ने सुनिश्चितता नभई राष्ट्रियसभामा नजाने अडान राखेपछि श्रेष्ठको राष्ट्रियसभा सदस्य पद थप सहज भएको हो ।

उनले बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २२ सय ४४ मत पाएका थिए । श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभामा निर्वाचित भएसँगै श्रेष्ठ मन्त्री बन्ने चर्चा सुरु भएको छ । उनी निकटस्थहरुले श्रेष्ठ अर्थमन्त्री बन्ने अडकल गरिरहेका छन् । नेकपा श्रोतले भने सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन र शक्ति सन्तुलनका लागि पनि श्रेष्ठलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त हुने बतायो ।

Advertisement

Advertisement

Advertisement