'हत्या आरोपी अग्नी सापकोटालाई सभामुख नबनाउ' भन्दै विरोध सुरु (फोटो फिचर)

Advertisement

काठमाडौं । नेकपाका नेता अग्नी सापकोटालाई सभामुख नबनाउन माग गर्दै विरोध सुरु भएको छ । सापकोटामाथि हत्याको आरोप लागिरहेको भन्दै बिहीबार माइतीघर मण्डलामा सभामुख नबनाउन विरोध प्रदर्शन भएको हो ।

सापकोटामाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप लाग्दै आएको छ । लामाकी श्रीमतीले हालेको मुद्दा अहिले सर्वोच्च अदालतले तामेलीमा राखेको छ । यद्यपि सापकोटा सभामुखमा सर्वसम्मत भइसकेका छन् ।

प्रदर्शनकारीहरुले नेकपा र प्रमुख प्रतिपक्ष मिलेर हत्यारा आरोपी सापकोटालाई कार्यपालिकाको प्रमुख सभामुख बनाउन लागेको भन्दै बिरोध जनाए । मानवअधिकारवादीहरुले निर्णय सच्याउन दलहरुलाई आग्रह गर्दै प्लेकार्ड र व्यानरसहित विरोधमा उत्रिएका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने माइतिघर मण्डलामा विरोध गर्नेहरु घाम ताप्न पुगेको टिप्पणी गरेका छन् । तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement