एनआइसी एशियाले नेपाल एपीएफ क्लबका खेलाडीलाई दियो ९ लाख ९५ हजार

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement