सानिमा बैंकको नाफा ११४ करोड

Advertisement

काठमाडौं । सानिमा बैंकले ६ महिनामा एक अर्ब १४ करोड नाफा आर्जन गरेको छ । २०७५ पुस मसान्त अवधीमा ९८ करोड नाफा कमाएको बैंकले २०७६ पुस मसान्तमा १६ करोडले नाफा वृद्धि गरेको हो ।

बैंकले वितरण योग्य मुनाफा नै ९५ करोड रुपैयाँ पुर्याएको छ । बैंकले यो अवधीमा ९९ अर्ब निक्षेप संकलन गरेर ८८ कर्जा लगानी गरेको छ । बैंकले ५ अर्ब ७७ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ६० करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब १६ करोड रुपैयाँ गरेको छ । बैंकको सिडी रेसियो ७८.०५ प्रतिशत छ ।

८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । स्प्रेड दर ४.१७ प्रतिशत कायम गरेको बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत छ भने आधार ब्याजदर ९.२९ प्रतिशत छ । बैंकको खराब कर्जा ०.४१ प्रतिशत छ । सानिमाको प्रति सेयर आम्दानी २६.१५ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ १३९.०६ रुपैैयाँ छ ।

Advertisement

Advertisement

Advertisement