काठमाडौंका पर्यटकीय स्थलहरूमा फ्रि वाईफाई

Advertisement

काठमाडौं । काठमाडौंका पर्यटकिय स्थलहरुमा निःशुल्क वाईफाइको व्यवस्था गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरि वल्डलिंक कम्युनिकेसन सँगको सहकार्यमा निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको हो ।

यसका लागि महानगरका मेयर विद्यासुन्दर शाक्य र वल्र्ड्लिंकका निर्देश विजयकुमार जलानबीच सहमति भएको छ । भ्रमण वर्षमा भ्रमण गर्ने पर्यटकलाई समस्या नहोस तथा अन्य व्यक्ति तथा साथिभाईसँग सम्पर्कमा बसुन भन्ने उद्देश्यले महानगरले पर्यटकीय स्थलमा वाईफाईको व्यवस्था अबको केही दिनभित्रै गर्न लागेको महानगरले जनाएको छ ।

महानगरले चावहिलको बौद्ध स्तुपा, बालाजु बाईसधारा पार्क, शंकधर पार्क, शंखमुलको शंखपार्क, बानेश्वरको छक्कुबक्कु पार्क, बसन्तपुर, बौद्ध, हनुमानढोका, पशुपति मन्दिर परिसर र स्वयम्भुनाथ क्षेत्रमा चौविसै घन्टा वाईफाई सेवा प्रदान गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

चाबहिलको बौद्ध क्षेत्रमा एकपटकमा दुई सयदेखि पाँच सय, बाईस धारामा दुई सयदेखि सात सय, शंकमुल पार्कमा ५० देखि दुई सय बसन्तपुर र स्वयम्भुमा दुई सयदेखि तीन सय, र पशुपति क्षेत्रमा दुई सयदेखि सात सय जनाले एकै पटक इन्टरनेट प्रयोग गर्न सक्ने महानगरको भनाइ छ । हरेक क्षेत्रमा पर्यटक अगामनको संख्या फरक हुने भएकाले त्यहिअनुसार, इन्टरनेट जडान हुने भएको छ ।

Advertisement

Advertisement

Advertisement