कोरोना भाइरसः लक्षण र यसको संक्रमणबाट बच्ने उपाय यस्ता छन्

Advertisement

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनमा एक डरलाग्दो भाइरस फैलदै गएको छ । कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या २६ पुगिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८ सय ३० जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने छ। उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलिने उच्च सम्भावना रहेको विशेषज्ञहरुले जनाएका छन् ।

कोरोना भाइरसले महामारीको रूप लिनसक्ने खतरालाई मध्यनजर गर्दै चीनले आफ्ना केही शहरमा भ्रमण र ती शहरका मानिसलाई अन्यत्र जान प्रतिबन्ध समेत लगाएको छ । कोरोना भाइरस नेपालमा समेत भित्रिन सक्ने खतराले चीनबाट नेपाल भित्रिने यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै चेकजाँचको व्यवस्था गरिएको छ । सतर्कता अपनाउँदै नेपालले विमानस्थलमै हेल्प डेस्कको व्यवस्था गरेका छ ।

Corona1Corona_2

 

Advertisement

Advertisement

Advertisement