ट्विटरको नयाँ फीचर: डाइरेक्ट मेसेज पठाउँदा अब इमोजी रियाक्ट गर्न मिल्ने

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल साइट ट्विटरले डाइरेक्ट मेसेज (डीएम) पठाउँदा सातवटा इमोजी रियाक्सनको फीचर ल्याएको छ । डिएममा आएको म्यासेजको रियाक्ट मोडमा मुटु र प्लस आइकन समावेश गरिएको छ। इमोजीको लागि आएको म्यासेजमा डबल क्लिक गर्नुपर्ने ट्विटरले जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

फेसबूकले पब्लिक पोस्टमा इमोजी रियाक्सन सन् २०१६ मा पहिलोपटक ल्याएको थियो तर ट्विटरले पब्लिक ट्वीटमा नभई डीएममा मात्र यो सुविधा उपलब्ध गराएको हो । सातवटा इमोजी अप्सनलाई इमेजमा वा टेक्स्ट मेसेजमा अट्याच गर्न मिल्छ । त्यसमा लाफिङ आउट लाउड, शक, क्राइङ, हार्ट, फायर, थम्ब्स अप र थम्ब्स डाउन छन् ।

ट्विटर प्रयोगकर्ताहरूले यस नयाँ फीचरका बारेमा प्रतिक्रिया जनाउँदै यसभन्दा अन्य फीचरहरू महत्त्वपूर्ण भएको र तिनलाई ल्याउन आग्रह गरे । धेरैजसोले ट्वीट एडिट गर्न मिल्ने फीचर ल्याउन आग्रह गरेका छन् । फेसबूकमा पोस्ट र कमेन्ट एडिट गर्ने सुविधा भएजस्तै ट्विटरमा पनि हुनुपर्ने उनीहरूको माग छ ।

ट्विटर प्रयोगकर्ताले भने इडिट अप्सनको माग गर्दै आएका छन् । ट्विटरमा इडिट गर्न मिल्दैन। गल्तीले केही कुरा ट्विट गरे प्रयोगकर्तासँग डिलिट गर्नुको विकल्प छैन।

Advertisement

Advertisement

Advertisement