एमसीसी पास गर्ने सर्त स्वीकारेपछि अग्नि सापकोटा सभामुख बनेको खुलासा !

Advertisement

काठमाडौं । माघ १२ गते आइतबारका दिन अग्नि सापकोटा प्रतिनिधी सभाको सभामुखमा निर्विरोध निर्वाचित हुँदैछन् । सुभाष नेम्बाङ र उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई पछि पार्दै प्रचण्डका विश्वास पात्र सापकोटाले सभामुखको यात्रा सुनिश्चित गर्न सफल भए ।

नेकपाभित्र सभामुख पदलाई अमेरिकी सहयोग नियोग एमसीसी प्रकरणसँग जोडेर हेरिँदै आईएको छ । पूर्व सभामुख कृष्ण बहादुर महरा प्रकरण नै एमसीसीसँग जोडेर आएको नेकपाकै उच्च नेताहरुले नै सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले एमसीसीलाई संसदबाट सहजै पास गराउनका लागि आफु निकटका व्यक्तिलाई सभामुख बनाउन चाहेका थिए । यस अघि पूर्व माओवादीको भागमा रहेको सभामुख पद आफु निकटकालाई नै दिनुपर्ने अडानमा प्रचण्ड थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओली संसदबाट एमसीसी जस्ताको त्यस्तै पास गराउने अभियानमा थिए भने प्रचण्ड त्यसको विपक्षमा थिए । प्रचण्डले एमसीसी विरुद्ध सार्वजनिक अभिव्यक्ति नै दिएका थिए भने उनी निकटका पूर्व माओवादी नेताहरु त्यसका विरुद्ध न्वरनदेखिको शक्ति खर्चिरहेका थिए ।

यी सबै कुरा सभामुख चयन प्रकरणमा गम्भिर रुपमा बाहिर आएका थिए । आफु निकटलाई सभामुख बनाउने ओली र प्रचण्डको दाउपेचमा एमसीसी सिधै जोडिएर आएको थियो ।
यहिबीचमा गम्भिर मानव अधिकार उल्लंघनको आरोप समेत लागेका पूर्व माओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत भए ।

पश्चिमाहरुले नरुचाएका, सर्वाेच्च अदालतमा द्धन्द्धकालिन मुद्धा खेपिरहेका अग्नि सापकोटालाई सभामुख बनाउन केपी ओली एकाएक तयार हुनुका पछाडी के रहस्या थियो ? ओली र प्रचण्डका बीचमा के सहमति भयो र सभामुख चयनको गाँठो फुक्यो ? यो खुलदुली चलिरहेकै थियो । ठिक त्यति नै बेला प्रचण्डले नवलपुरमा पुगेर कार्यकर्ता भेटघाटका क्रममा
एमसीसी अनुमोदन गराउने संकेत गरे ।

श्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच एमसीसी पास गराउने सहमतिपछि सापकोटालाई सभामुख बनाउने बाटो खुलेको हो । सापकोटाले एमसीसी पास गराउन अवरोध नगर्ने र पूर्व माओवादीलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न प्रधानमन्त्री ओलीले पहल गर्ने सहमति पनि सो भेटमा भएको थियो ।

२०७५ चैत ५ गते प्रचण्ड अमेरिका जाँदा नो इन्भेष्टिगेशन नोटिस जारी गरिएको थियो । सो नोटिस जारी नगरिएको भए त्यहाँ प्रचण्ड पक्राउ पर्न सक्थे । यसको अर्थ हालसम्म पनि पश्चिमा अर्थात बिशेष गरि अमेरिकीहरुले पूर्व माओवादी पक्षलाई मुलधारको राजनीतिक शक्तिका रुपमा स्वीकार गर्दैनन् । पूर्व माओवादीको उच्च तहका नेताहरुका विरुद्ध अमेरिकामा थुप्रै मुद्धाहश्र छन् ।

भेनेजुयला प्रकरणमा विज्ञप्ति निकालेपछि प्रचण्डसँग अमेरिका अझै चिढिएको बताइन्छ । अमेरिकासँग सुमधुर सम्बन्ध बनाउन प्रयास गरिरहेका प्रचण्डले एमसीसी पास गराएर त्यसको आरम्भ गर्न चाहेको पनि श्रोतले बतायो । सुरुमा एमसीसीबारे आलोचनात्मक टिप्पणी गरेका र आफु निकटका नेताहरुलाई खरो बिरोधमा उत्रन निर्देशन दिएका प्रचण्ड यतिबेला नरम बनेका छन् । उनी आफैं एमसीसीलाई संसदबाट पास गराउन सहमत भएको श्रोत बताउँछ ।

केपी ओलीले पनि एमसीसी नगरिए पश्चिमा शक्ति बिच्कने र नेकपा तथा सिंगो सरकारलाई नै घेरा बन्दीमा पार्ने भएकाले सहयोग गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement