तस्वीरहरुमा हेर्नुस् त काठमाडौंको धुलो, धन्न हामी बाँचेका छौं

Advertisement

काठमाडौं । सडक विकासको मोडालिटि स्पष्ट नभएर हो वा काम गर्ने ठेकेदारको कमजारीले हो ? नेपालमा निर्माणाधिन अधिकांश सडक महिनौ दिनसम्म पनि निर्माण हुँदैनन् ।

त्यसै त धेरै धुलो उँड्ने ठाउँ काठमाडौं, त्यसमाथि महिनौसम्म अलपत्र पारेर सडक बनाउने हाम्रो संस्कारले गर्दा काठमाडौं उपत्यकावासीलाई धुलो अभिसाप नै बन्ने गरेको छ । सर्वसाधारणले स्वच्छ हावाको सट्टा धुलो र प्रदुषणसहितको हावामा जिउनुपर्ने बाध्यता छ ।

यहाँका सडकमा कति धुलो उँड्छन् ? त्यसको एउटा नमुना लगनखेलको सैनिक व्यारेकबाट सातदोबाटो जाने व्यस्त सडकमा देख्न सकिन्छ । १० मिटर अगाडिको मानिस र सवारी साधनसमेत नदेखिनेगरी उँड्ने धुलोका बीच यो सडकबाट हरेक दिन हजारौं मानिसहरु ओहोरदोहोर गर्छन् । ्

तर, लोककल्याणकारी राज्य, जनताको अधिकार, विकासका कुरा गर्न सिपालु सरकार र राजनीतिक दलहरुको ध्यान यस्ता कुरामा कहिल्यै जाँदैन् । हरेक दिन धुलो र धुवाँका बीचबाट गुज्रिँदै हिँड्ने नेपालीहरुको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गएको थुप्रै अध्ययन र अनुभवबाट देखिँलै आएको छ । तर यस्ता समस्याको प्रतिवाद गर्ने आँट न जनस्तरबाट हुन्छ, न राज्यका निकायहरु ध्यान जनस्वास्थ्यप्रति नै जान्छ ।

एक स्थानीय असोक महर्जन भन्छन, ‘विरोध गर्यो भने विकास विरोधी भन्छन्, नगरे भात खाँदादेखि २४सै घण्टा सास फेर्दा धुलो खानुपर्ने बाध्यता छ ।’ अरु मुलुकमा एकै रातमा सडकहरु बनेको देखेर आएका नेताहरु नेपालमा महिनौसम्म सडक अलपत्र सार्ने, सडकका नाममा राजनीति गर्ने, कमिशनको ठूलो खेल खेल्ने, बनाइका सडक पनि अडमिल्दो र कमजोर बनाउने गरेको देख्दा उनीहरु निराश देखिन्छन् । तर, चुपचाप हरेक दिन धुलो खाँदै त्यही सडकबाट हिँड्न यात्रु बाध्य छन् । केही तस्वीहरु । तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement