ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरताका लागि साइकल र्याली तथा गोष्ठी सम्पन्न

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १३औँ बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार/प्रसार सम्बन्धि विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित जनउद्धार माविसम्म साइकल र्यालीको आयोजना गरेको हो ।

र्यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । र्याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत,जनउद्धारमाध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालयव्य वस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ साक्षरतासम्बन्धी मन्तब्य राखे ।

। सोही अबसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दखनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका छन् ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखामार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनरल बैंकिङ तथा डिजिटल बैकिङ गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरतालगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement