सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, यस्तो छ आजको बाजार भाउ

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत शुक्रबार ७५ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले बढेर प्रतितोला ७५ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement