विश्वको सबैभन्दा ठूलो विमान बोइङद्धारा उडान भर्न शुरु, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ । पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ । बोइङको नयाँ जेट विमान ७७७ एक्सको परीक्षण उडान अमेरिकाको सियाटलबाट सुरु भएको थियो । सो विमानले चार घण्टाको उडान भेरेर सफल अवतरण गरेको हो ।

पछिल्लो समय ७३७ म्याक्स विमानलाई संसारको सबैभन्दा ठूलो विमानको चित्रण गरिन्थ्यो । यसमा करिब ३४६ जना यात्रु अटाउँथे । ७३७ म्याक्स संस्करणका दुई विमान दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि संकटमा परेको इज्जत उकास्ने पहिलो प्रयास हो यो बोइङको । ७७७ एक्स विमान विश्वमा सबैभन्दा ठूलो रहेको बताइएको छ ।

यसको लम्बाई २५२ फिट रहेको पाइएको छ । यसमा रहेको इन्जिन सबैभन्दा ठूलो बताइन्छ । यो विमानको सिट क्षमता ३६० रहेको छ । यसको प्रतिस्पर्धा एयरबसको ए ३५०–१००० विमानसँग हुनेछ ।

विगत एक वर्षदेखि बोइङ ७३७ म्याक्स संस्करणका विमान विश्वभर ग्राउण्डेड छन् । यो विमानले आउँदो वर्षदेखि इमिरेट्स एयरमार्फत व्यवासयिक उडान सुरु गर्दैछ । त्यसअघि विभिन्न चरणमा परीक्षण उडान हुनेछन् । विश्व बजारमा बोइङ कम्पनीले ३०९ वटा विमानको वितरण भएको खुलाएको छ । एउटा बोइङ विमानको मूल्य ४४२ मिलियन अमेरिकी डलर बताइएको छ ।

Advertisement

Advertisement

Advertisement